थुन नै नभएको गाईले जन्मायो बाछो



मोरङ। मोरङको रंगेली नगरपालिका ८ चाईना गेटमा थुन नै नभएको गाईले बाछो जन्माएकाे छ । स्थानिय मन्जौ मण्डलको घरमा दुई बर्ष अगाडि दाईजोको रुपमाकाे ल्याएकाे गाईले बाछो जन्माए पछि बाछोलाई दुध खुवाउन खोज्दा गाईको थुन नै नभेटिएकाे हाे । गाईको थुन नभएपछि मण्डलले रंगेलीमा रहेको पशुपंक्षी सेवा कार्यलय रंगेलीमा बुधबार गाई र बाछो दुबै ल्याए चेक जाच गराएका थिए ।

नायव पशु स्वास्थ्य प्राबिधिक ज्योती वाँस्कोटाले गाई चेक जाच गरेर तीन बटा थुन नै नभएको र एउटा थुन भएपनि त्यसमा दूध आउने नशा नभएकोले दूध आउन नसक्ने जानकारी दिए । बाँस्कोटाले बाछो राम्रो भएको हुनाले बाछोलाई पाल्नका लागि ५ महिनासम्म निप्पलको सहारामा दूध खुवाउन सुझाव समेत दिएकाे बताए ।

पशु प्राबिधिक बाँस्कोटाले कुनै पनि पशुहरुको हाडनताबाट गर्भ रहेर जन्मेका पशुहरुमा यस्तो प्रकारको समस्या हुने गरेको बताए । साथै बाँस्कोटाले आफ्नो कामको शिलशिलामा अहिलेसम्म यस्तो अनौठो गाई समेत नदेखेको बताए । त्यसै बिच गाईको थुन नभएको बारेमा गाउँभरी हल्ला चले पछि हेर्न अएका स्थानिय समेत देखेर अचम्मित भए ।

सम्बन्धित समाचार