उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधीसभाको एक र प्रदेश सभाको तीन ओटा क्षेत्रमा १४ मंसिरमा हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको आज अन्तिम नामावली प्रकाशित गदैछ ।

२१ कात्तिकमा मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आयोगले आज सार्वजनिक गर्न लागेको हो ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा, भक्तपुरको निर्वाचन क्षेत्र नं १ को (क), बाग्लुङको क्षेत्र नं २ को (ख) र दाङ क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुन लागेको छ । ति क्षेत्रका लागि विभिन्न् राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराईसकेका छन् ।

मनोनयन दर्ता गराएका उम्मेदवारका हकमा कुनै दावी विरोध भएमा उजुरी दिन सक्ने कार्यतालिका वनाएको थियो । आज भने दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

आजै विहान १० वजे देखि १ वजेसम्म उम्मेदवारलाई आफनो उम्मेदवारी फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने गरी कार्यतालिका पनि वनाएको छ ।

त्यसपछि भने आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले वताए ।

आयोगको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली शनिबार प्रकाशन गरिएको थियो । मनोनयन दर्ता गराएका उम्मेदवारको जाँचबुझ गरी नामावली प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान छ । तर, उम्मेदवारको विरोधमा कुनै उजुरी नपरेपछि जाँचबुझ गर्नै नपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

१४ मंसिरमै हुने स्थानिय तहका अन्य रिक्त स्थानको उपचुनावका लागि भने २७ कात्तिकमा मात्र उम्मेदवार मनोनयनको काम हुदैछ ।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि यही मंसिर १४ गते ३७ जिल्लामा विभिन्न क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि भोलि (सोमबार) बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ ।

सम्बन्धित समाचार