मन्टेश्वरी किन्डर गार्टेनमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाँच



धरान। मा सञ्चालित मन्टेश्वरी किन्डर गार्टेनमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।मन्टेश्वरीमा अध्ययनरत प्ले गु्रपदेखि कक्षा–२ सम्मका विद्यार्थीको शुक्रबार स्वास्थ्य जाँच तथा निरीक्षण गरिएको हो । सामुदायिक अस्पताल इटहरीको टोलीले विद्यार्थीहरुको स्वास्थ्य जाँच गरेको थियो । मन्टेश्वरीका निर्देशक गौरवमान श्रेष्ठका अनुसार विद्यार्थीहरुको पोषण अनुगमन, आँखा, नाक, कान, घाँटी, ग्रन्थी, छाती, पेटलगायतको जाँच गरिएको थियो ।

‘विद्यार्थी र परिवारलाई पनि यसले लाभ पुगेको छ,’उनले भने ।स्वास्थ्य जाँचमा रगत समुह(ब्लड ग्रुप) छुट्याउने, पिसाबको फिजिकल तथा केमिकल परीक्षण, मृगौला जाँच लगायत गरिएको डा. कुमार गुरुङले बताए । विद्यार्थीहरुको स्वास्थ्यप्रति ध्यान दिन र परिवारमा पनि सचेत गराउन निःशुल्क शिविरको आयोजना गरिएको प्रिन्सिपल सुलेखा जोशीले बताइन् । मन्टेश्वरीले पढाइसँगै स्वास्थ्यको पनि ख्याल गर्ने गरेको उनले बताइन् । ‘विद्यार्थीको स्वास्थ्यसँग सरोकार राख्ने खानेकुरा खुवाउदै आएका छौं,’उनले भनिन् ।

सम्बन्धित समाचार