इटहरी । नेपाली काग्रेस सुनसरीले धरानको उपनिर्वाचनका लागि अनुगमन तथा निर्वाचन समन्वय समिति गठन गरेको छ । धरानको निर्वाचनलाई नजिकबाट नियाल्दै कानुन अनुसार निर्वाचन गराउँन नेपाली काग्रेस सुनसरीले अनुगमन समिति बनाएको हो ।नेपाली काग्रेसका सुनसरी सभापति राजिव कोईरालाको अध्यक्षतामा बसेको बैठकले जिल्ला सचिव केदार भण्डारीको संयोजकमा ५ सदस्य अनुगमन समिति बनाएको हो ।
समितिको सदस्यमा डेमोक्रेटिक लयर्श एसोसिएसन नेपाल सुनसरीका अध्यक्ष मणी दुलाल,नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरी,काग्रेस सुनसरीका कोषाध्यक्ष पंकज महतो,नेपाली काग्रेसको जिल्ला सदस्य निलकुमारी गिरीलाई चयन गरेको हो ।
समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको विषय पालना भए नभएको अनुगमन गर्ने,उपनिर्वाचनमा सुरक्षा ब्यवस्था भए नभएको हेर्ने,उपनिर्वाचनलाई स्वतन्त्र निश्पक्ष बनाउन समिति निमार्ण केन्द्रिय परिपत्र अनुसार गरिएको नेपाली काग्रेस सुनसरीका सभापति राजिव कोईरालाले बताए । उनले भने यो समितिले धरानको उपनिर्वाचनलाई नजिकबाट नियाल्ने छ ।
यता अनुगमन समितिका संयोजक केदार भण्डारीले उपनिर्वाचनलाई प्रभावकारी र धादली रहित बनाउँन समितिले भुमिका खेल्ने बताए । हामी विधानलाई मध्यनजर गदै चुनावको अनुगमन गर्नेछौ संयोजक भण्डारीले भने । विधान र नियमवालीको कार्यन्वयन सुनिश्चितता गराउने छौ संयोजक भण्डारीले थपे ।
प्रतिक्रिया