खाँदबारी । संखुवासभा लगायतका जिल्लाहरुमा यतिबेला व्यापक रुपमा अनौठो हल्ला फैलिएको छ । दलाई लामाले मन्त्र जप गरि पठाएको कोईला प्रत्येकको घरको मुल ढोका छेउमा रहेको र उक्त कोईला निकालेर टिका लगाए कोरोना भाईरस नलाग्ने हल्ला फैलिएको हो ।
हिजो दिउँसोदेखि मानिसहरुले घरको ढोका छेउमा खनेर कोईला खाज्दै आएका छन् । कोईला खोज्न खाँदबारीको विभिन्न स्थानमा पनि मुल ढोका छेउमा खनिदै आएको पाईएको छ । कोरोना भाईरसले त्रास फैलाएको बेला यस्तो हल्लाको पछि लाग्नेहरुको संख्या बढ्दो छ ।
कोरोनाको विषयलाई लिएर अफबाहको पछि लाग्न नहुने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो । यस्तो अफवाह फैलाउनेको खोजी गरेर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दुलाले बताउनुभयो ।
प्रतिक्रिया