खाँदबारी । संखुवासभाका दुई कोरोना संक्रमितहरुसँगै आएका पाँच जनामा कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएको छ । उनीहरुको कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
उनीहरु संक्रमित दुई जनासँगै एउटै गाडीमा जिल्ला आएका थिए । उनीहरुले भारतमा काम पनि एकै ठाउँमा गर्दै आएको बताएका छन् ।
७ जनाको टोली सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका थिए । १३ गते जिल्ला प्रवेश गरेसँगै उनीहरुलाई तुम्लिङटारको क्वारेन्टाईनमा राखिएको थियो ।
प्रतिक्रिया