संखुवासभा: २ अर्ब ८७ करोड ९ लाख रुपैयाँ बजेट प्राप्त, कुन पालिकामा कत्ति ?




खाँदबारी । आर्थिक बर्ष २०७७।८८ को लागि संघिय सरकारबाट दश वटै स्थानीय तहहरुलाई बजेटको सिलिङ प्राप्त भएको छ । आगामी आर्थिक बर्षको लागि संखुवासभाका स्थानीय तहहरुलाई दुई अर्व ८७ करोड ९ लाख रुपैयाँ प्राप्त भएको हो ।

उक्त बजेट मध्ये समानीकरण अनुदान तर्फ एक अर्व ८ करोड ५४ लाख रुपैयाँ रहेको छ भने सशर्त अनुदान तर्फ एक अर्व ३ करोड ९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, विशेष अनुदान तर्फ १० करोड ९० लाख रुपैयाँ प्राप्त भएको छ भने समपुरक अनुदान तर्फ ६ करोड ३५ लाख रुपैयाँ प्राप्त भएको छ ।

दश स्थानीय तहहरु मध्ये चिचिला गाउँपालिकामा सवै भन्दा थोरै १६ करोड ४९ लाख रुपैयाँ बजेट प्राप्त भएको छ भने सवै भन्दा धेरै खाँदबारी नगरपालिकामा ४६ करोड ७१ लाख रुपैयाँ बजेट प्राप्त भएको हो । चिचिला गाउँपालिका भुगोल र जनसंख्याको आधारमा सवैभन्दा सानो स्थानीय तह हो भने खाँदबारी नगरपालिका दुवै आधारमा ठुलो स्थानीय तह हो ।

हेरौं, कुन स्थानीय तहमा कति बजेट प्राप्त भयो ?

सम्बन्धित समाचार