खाँदबारी । संखुवासभामा कोरोना संक्रमितको संख्या बृद्धि भएसँगै जिल्ला प्रसासन कार्यालयले निषेधाज्ञाको समयावधी थपेको छ । जिल्ला प्रसासन कार्यालयले भदौ १८ गतेसम्मको लागि निषेधाज्ञा थप गरेको छ ।
जिल्ला भर शुक्रबार राती १२ बजेदेखि १८ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञ जारी गरेको हो । दिनप्रतिदिन संक्रमितहरुको संख्या बढ्दो रहेकोले यसको रोकथामको लागि संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम तथा स्थानीय प्रसासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो । जिल्लामा निषेधाज्ञा जारी गरिएपनि अत्यावश्यक क्षेत्रका सेवा र कार्यहरु भने सञ्चालन गर्न दिईएको आचार्यले जानकारी दिनुभयो ।
निषेध नगरिएका सेवा र कार्यहरुको बिवरण तलको सुचनामा हेर्न सकिन्छ ।
प्रतिक्रिया