जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ६ जनामा कोरोना भाईरस पुष्टि




खाँदबारी । जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा रहेका ६ जनामा कोरोना संक्रमण को भएको छ । बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणबाट उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरु फरक फरक मुद्धामा अनुसन्धानका लागि प्रहरी कार्यालयको हिरासतमा बस्दै आएका थिए । केहि दिन अघि ६५ जनाको स्वाब पठाएकोमा ५७ जनाको रिपोर्ट नेगेटिभ आएको हो भने ६ जना थुनुवाहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । बाँकी २ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय संखुवासभाका प्रबक्ता रोषन श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमण देखिएकाहरुलाई हिमालय किरण क्याम्पसमा बनाईएको आईसोलेसनमा लगेर उपचार गरिने खाँदबारी अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस अघि पनि ४ जना थुनुवाहरुमा कोरोना संक्रमण देखिसकेको थियो भने ९ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

सम्बन्धित समाचार