भरत कुलुङले ल्याए ‘यस्तै छ हाम्रो जिन्दगी’



खाँदबारी । गीतकार भरत कुलुङले नारी समवेदना समेटिएको गीत यस्तै छ हाम्रो जिन्दगी बजारमा ल्याएका छन् । नारी भएर जन्मिएपछि समाजमा भोग्नु परेको तितो यथार्थ समेटिएको गीत हालै बजारमा ल्याएको हो ।

गीतकार कुलुङले लेखेको उक्त गीत निर्मला घिसिङले गाएकी हुन् । उक्त गीतमा संगीतकार मनोज साङ्सोनले संगीत गरेका छन् । स्टुडियो किङ्को युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको भिडियो जस्केलो क्रियसनले निर्माण गरेको हो । गीतको भिडियोमा समाजमा नारीहरुले भोग्नु परेको पिडाहरुलाई शब्दचित्रमा उतारिएको छ ।

नारी भएको थाहा पाएपछि भ्रुण हत्या हुने, दाईजोको सिकार बन्नु पर्ने लगायतका पिडा यस गीतमा उल्लेख गरिएको छ । नारीको जीवनको मुल्य कम हुने भएको भन्दै सस्तोमा विक्रि हुने बिम्ब यस गीतमा प्रयोग गरिएको छ । गीतको अन्त्यमा अन्यायको विरुद्धमा लड्नु पर्ने आवश्यकता रहेको भाव ब्यक्त गरिएको छ ।

गीतकार कुलुङले यस अघि पनि आधा दर्जन गीतहरु रेकर्ड गराईसकेका छन् । बाँकी केहि गीतहरु पनि आउन लागेको कुलुङले ईमकालु अनलाईनलाई जानकारी दिए ।

हेरौं उक्त गीतको भिडियो ।

सम्बन्धित समाचार