खाँदबारी । राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले भोजपुर र संखुवासभाका ६ सामुदायिक विद्यालयहरुलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले शनिवार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भोजपुर र संखुवासभाका ६ विद्यालयलाई २० थान कम्प्युटर हस्तान्तरण गरेको हो ।
जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कम्प्युटर वितरण कार्यक्रमा बैंकले उक्त कम्प्युटर दिएको हो । कम्प्युटर प्राप्त गरेपछि विद्यालयलाई प्रविधिमैत्रि बनाउन सहयोग पुग्ने प्रमुख अतिथि शाक्यले बताए । यस कार्यक्रमले साधन र श्रोत कमभएका विद्यालयलाई गरेको सहयोग महत्वपुर्ण भएको उनको भनाई छ ।
सामुदायिक विद्यालयहरुका प्रधानाध्यपकलाई बैंकले कम्प्युटर हस्तान्तरण गरेको खाँदबारी शाखाका प्रवन्धक अनिष रायमाझीले जानकारी दिए ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुर्गमभेगका साधन र श्रोत कम भएका विद्यालयहरुले पेश गरेको प्रस्तावनाका आधारमा छनौट गरी कम्प्युटर उपलब्ध गराएको प्रवन्धक रायमाझीले जानकारी दिए । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको १ माध्यमिक विद्यालय र ४ आधारभुत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो । त्यसैगरी खाँदबारी नगरपालिका ६ को १ विद्यालयलाई समेत कम्प्युटर प्राप्त गरेको छ । एक विद्यालयले कम्तीमा २ र वढीमा ४ वटा कम्प्युटर पाएका छन् । कम्प्युटर वितरण कार्यक्रम बैंकका ब्रान्च अपरेसन विभाक प्रमुख जितेन्द्र राईको सभापतित्वमा भएको थियो ।
कोरोना संक्रणको कारण गत आर्थिक वर्षमा वितरण गर्नुपर्ने कम्प्युटर यस आर्थिक वर्षमा वितरण गरिएकको शाखाले जनाएको छ ।
प्रतिक्रिया