खाँदबारीमा प्रहरीकै अगाडी जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला



खाँदबारी । जनता समाजवादी पार्टी संखुवासभाले सदरमुकाम खाँदबारीमा प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला जलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघठनको विरोधमा शुक्रबार दिउँसो प्रहरीकै अगाडि प्रधानमन्त्री ओली र राष्ट्रपती विद्या देवी भण्डारीको पुत्ला जलाएको हो ।

जनता समाजवादीले नेपालको संविधानमा ब्यबस्था नै नभएको कानुन जबरजस्ती ढंगले प्रयोग गर्दै संसद विघटन गरेको भन्र्दै सदरमुकाम खाँदबारीमा जुलुस सहित प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला जलाएको छ । पुत्ला जलाएपछि कोणसभालाइ सम्बोध गर्दै केन्द्रिय सदस्य राजेन्द्र किराँतीले, प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही र अत्याचारी बन्र्दै गएको र उनलाई संसद विघटन गर्ने कुनै अधिकार नभएकोे बताए ।

त्यसैगरी जसपाका केन्द्रिय सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष दिपक याख्याले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरोकारवालाहरु संग छलफल नै नगरि संसद विघटन गर्दा राष्ट्रपतिको संस्थाको गरिमा नै घटेको बताए ।
जनता समाजवादीले पुत्ला जलाउने संकेत पछि चोकचोकमा विहानै बाट प्रहरी पचिलन भएका थिए ।

सम्बन्धित समाचार