स्वास्थ्य तर्फका कर्मचारीको समायोजन । कर्मचारीले तोकिएको ढाँचाको आवेदन र सहमति पत्रसहित निवेदन दिन मन्त्रालयले आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यतर्फका कर्मचारी समायोजन मिलानका लागि फागुन १६ गतेसम्म निवेदन माग गरेको छ । कर्मचारी समायोजनरमिलानसम्बन्धी मापदण्ड, २०७७ मा व्यवस्था भएअनुसार समायोजन मिलानको लागि इच्छुक कर्मचारीले तोकिएको ढाँचाको आवेदन र सहमति पत्रसहित निवेदन दिन मन्त्रालयले आग्रह गरेको हो ।

कर्मचारी समायोजन प्रक्रिया चलिरहेको समयमा कोभिड(१९ महामारी आएपछि सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई जो जहाँ छ त्यहीँ बसेर काम गर्न निर्देशन दिएको थियो ।जसका कारण स्वास्थ्य समायोजनले पूर्णता पाएको थिएन । कतिपयको समायोजन निर्णय भए तापनि पत्र लिइसकेका थिएनन् भने कतिपय दरबन्दी नभएका ठाउँमा बढी समायोजन भएका थिए । अन्य सेवाका कर्मचारीको समायोजन मिलान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरिरहेको छ । तर स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानका लागि सामान्यले विशेष अधिकार नै दिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आफैँ गर्न भनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए ।

‘धेरै समूह र विधाका कर्मचारी भएका कारण पनि अन्य समूहभन्दा स्वास्थ्य सेवाको कर्मचारीको समायोजन सुरुवाती चरणबाटै जटिल बन्दै गएको थियो ‘ उनले भने, ‘योजना अनुसार काम अघि बढ्यो भने फागुन महिनाभित्रमा हामी समायोज मिलान सक्छौं ।’स्वास्थ्य सेवामा २९ समूह, ४४ विधा गरी ३२ हजार कर्मचारी कार्यरत छन् । तिनै कर्मचारीले संघबाट प्रदेश र स्थानीय तह, प्रदेशबाट प्रदेश, प्रदेशबाट स्थानीय तह तथा स्थानीय तहबाट स्थानीय तहमा समायोजनर मिलानको लागि निवेदन दिन सक्नेछन् । समायोजनमा जान जाहेको कर्मचारीले समायोजनमा जान चाहेको स्थानमा दरबन्दी रिक्त हुनुको साथै समायोजन भएको तहबाट अहिले समायोजन हुन चाहेको तहको पूर्वसहमतीको पत्र बुझाउनु पर्नेछ । त्यसैगरी, संघका कर्मचारी स्थानीय तहमा जादाँ जागिर खाएको अवधि ३ वर्ष पुगेको हुनुपर्नेछ ।

सम्बन्धित समाचार