खादबारीमा कुकुर बन्ध्याकरण सुरु



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालीकामा कुकुरलाइ बन्ध्याकरण गर्न थालीएको छ । नगरपालीकाको ११ वटै वडामा रहेको घर पालुवा लगायत बाहीरको (छाडा कुकुर)हरुलाइ बन्ध्याकरण सुरु गरीएको हो । खाँदबारी नगरपालीकाको पशु सेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र खाँदबारीको सहकार्य र हिमालयन एनीमल रेस्क्यु ट्स्टको प्राबिधिक सहयोगमा यो काम थालीएको जनाइएको छ । बढी जसो बाहीर डुल्ने कुकुरहरुले मानीस तथा पशुलाइ बिभिन्न ठाँउमा आक्रमण गरीसकेको छ । जथाभाबी कुकुरले टोक्न थालेपछी न्युनीकरणको लागी बन्ध्याकरण सुरु गरीएको हो । यस बर्ष २०० वटा कुकुर को बन्ध्याकरण गर्ने लक्ष्य रहेको पशुसेवा शाखाका प्रमुख मेघराज पोखे्रलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार