वर्तमान राजनीतिक परिस्थितिले उत्पन्न शिक्षकका पेशागत समस्या विषयक अन्तकृया कार्यक्रम सम्पन्न



संखुवासभा । एकीकृत अखिल नेपाल शिक्षक संगठन संखुवासभाको आयोजनामा शुक्रबार अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । संगठनले ‘वर्तमान राजनीतिक परिस्थितिले उत्पन्न शिक्षकका पेशागत समस्या’ विषयमा शिक्षक तथा सरोकारवालहरु सँग अन्र्तक्रिया गरेको हो ।

जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षकहरुको पेशागत समस्याहरु शिक्षकहरुले राखेका थिए । राजनीतिक अस्थिरताले शिक्षा पेशामा समेत असर पु¥याउने गरेको शिक्षकहरुले बताए । शासन व्यवस्था फेरिएपनि शिक्षकहरुलाई सरकार र राजनैतिक दलहरुले हेर्ने दृष्टीकोण नफेरिएको खाँदबारी नगर शिक्षक महासंघका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताए ।सरकारले तयार गरेको मर्यादा क्रममा शिक्षकहरुलाई कुनै पनि तहमा नराख्नु आपत्तीजनक रहेको अध्यक्ष बुढाथोकीको भनाई छ । शिक्षकहरुलाई काम अनुसारको परिश्रमीक नहुँदा शिक्षकमा निराशा छाएको शिक्षक महासंघका जिल्ला अध्यक्ष शेरबहादुर पुरीले बताए । मासिक ६ हजार रुपैयाँ सम्ममा काम लगाएर सरकार शिक्षकले न्युतम पारिश्रमीक पाउने अधिकारबाट बन्चीत गराउन खोजेको शिक्षकहरुले गुनासो गरे । दैनिक खाजा खान समेत नपुग्ने तलबमा काम गर्ने शिक्षकहरु रहेका छन् । एउटै तहमा पनि फरक–फरक किसिमको तलव सुविधा दिएर शिक्षकलाई विभेद गरेको शिक्षकहरुको गुनासो रहेको छ । सरकारले माध्यमिक तह सम्म निःशुल्क शिक्षा भने पनि कक्षा ११ र १२ का विद्यार्थीहरुले अझै निशुल्क पढ्न नपाएको सरोकारवालाहरुको भनाईछ । कक्षा ११ र १२ बढाउने स्थायी शिक्षकको व्यवस्था समेत सरकारले गर्न नसकेको शिक्षकहरु बताउँछन् ।

नेताहरुले शिक्षकहरुलाई भाषणमा महान गुरुहरु भन्ने गरेपनि नितिगत रुपमा शिक्षक पेशाको सम्मान नभएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष भिमबहादुर कट्टेलले बताए । सचेत वर्गका शिक्षकहरु संविधान धरापमा पार्ने गरी गरिएको संदद विघटनको विक्षमा रहने समेत शिक्षकहरुले बताए । संविधान ल्याउनमा शिक्षकहरुको पनि महत्वपुर्ण भुमिका रहेकाले सरकारले गरेको असंबैधानीक कदमको प्रसंशा गर्न नसक्ने धारणा शिक्षकहरुले राखेका थिए । शिक्षकहरु पनि संविधान पढ्न र बुझ्न सक्ने भएकाले गलत कदमको विरोध गर्ने बताए ।
अन्र्तक्रिया कार्यक्रममा शिक्षा विकास समन्वय इकाईका प्रमुख केशव भट्टराई, खाँदबारी नगर शिक्षा अधिकृत दिपकमणि घिमिरे, शिक्षक संगठनका केन्द्रिय सदस्य कुबेरप्रसाद भेटुवाल, प्रदेश १ का उपाध्यक्ष विमला नेपाल, पत्रकार लगायत जिल्ला भरका शिक्षकहरुको उपस्थीति रहेको थियो ।

सम्बन्धित समाचार