प्रदेश १ मा आज ६७३ संक्रमित थपिए



 

विराटनगर । प्रदेश १ मा आज ६७३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा७–७, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा७५ महिलार १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६–६, सुनबर्षी र ग्रामथानमा ४–४, धनपालथानमा ३, रंगेली र स्थानीयतहनखुलेका २–२, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १–१, सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहवीमा ८, बराहक्षेत्रमा ६, बर्जुमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीयतहनखुलेका ६, झापाको कमलगाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीयतहनखुलेका ४–४, शिवसताक्षी र भद्रपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको शहिदभूमीमा १९, धनकुटा नगरपालिकामा १३, साँघुरीगढीमा ९, महालक्ष्मीमा २, पाख्रिवासमा १, उदयपुरको त्रियुगामा १८, उदयपुरगढीमा २ र स्थानीयतहनखुलेका १, भोजपुरको षडानन्दमा १२, पौवादुङ्मा २, अरुणमा १ र स्थानीयतहनखुलेका २, संखुवासभाको सभापोखरीमा ११, खाँदबारी र स्थानीयतहनखुलेका १–१, इलामको माईजोगमाईमा १०, इलामनगरपालिका र चुलाचुलीमा१–१, पाँचथरको मिक्लाजुङमा७, ताप्लेजुङको मेरिङदेनमा ६ र स्थानीयतहनखुलेका १, ते¥हथुमको लालीगुराँसमा१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १माकोरोना संक्रमितको संख्या ४८हजार ५४१पुगेको छ ।

संक्रमितभएकामध्ये ३१ हजार७९२ संक्रमणमुक्त भएका छन् । आज २१९जना संक्रमणमुक्तभएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २१पुगेको छ । प्रदेश १ माआज १हजार ४११जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २८४महिला र ३८९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार