संखुवासभामा आज थप ५९ जना संक्रमीत, ७८९ जनाले जीते कोरोना



संखुवासभा । संखुवासभा कोरोना संक्रमण झन झन जटील बन्दै गएकोछ ।दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ५९ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या १३०९ जना पुगेकोछ । ७८९ जना निको भएर घर फर्कीएकाछन । पी.सी.आर परीक्षणमा १४००, संक्रमीत ५७६ एन्टीजेन परीक्षणमा १५५२ संक्रमीत ७३३ जना रहेकाछन । संस्थागत आइसोलेसनमा १३८ र होम आइसोलेसनमा ३४६ जनाछन । हाल सम्म ८ जनाले ज्यान गुमाइकेको छ ।

सम्बन्धित समाचार