पाँचखपनका कोरोना संक्रमितहरुलाई प्राकृतिक स्रोत दन्द्व रुपान्तरण केन्द्र नेपालले दियो राहत



संखुवासभा । प्राकृतिक स्रोत दन्द्ध रुपान्तरण केन्द्र नेपालले पाँचखपन नगरपालिकाका विपन्न तथा कोरोना प्रभावित परिवारलाई स्वास्थ्य सामाग्री सहित राहत वितरण गरेको छ ।

नगरपालिकामा बसोबास गर्ने रोजगार गुमाएका विपन्न परिवार र कोरोनाका प्रभावित २० परिवारलाई राहत वितरण गरिएको केन्द्रका सहजकर्ता विष्णु कार्कीले जानकारी दिए । राहत पाउनेहरुमा ६ नं. वडामा ४, २ नं. वडामा २ र १ नं. वडामा १४ घर परिवार रहेका छन् । प्रत्येक परिवारलाई १ बोरा चामल, २ किलो दाल, एक क्यारेट अण्डा, नुन २ किलो, तेल २ लिटर, साबुन ५ ओटा, चीनी २ किलो, मास्क ५० थान र ५ सय मिलिलिटर सेनिटाइजर उपलब्ध गराएको कार्कीले जनाए ।

केन्द्रले यस अघि जिल्लाका विभिन्न स्थानीय तहहरु तथा आइसोलेशनमा आवश्यक सामाग्री सहयोग गरेको थियो ।

सम्बन्धित समाचार