ताप्लेजुङ । पाथिभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राईले जितेका छन् । निर्धारित ५४ किलोमिटरको दूरी कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा पार गरेका हुन्। पाँचथरका प्रताप थाम्सुहाङ दोस्रो भएका छन् ।
उनले निर्धारित दूरी ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा पुरा गरे । यस्तै रुकुमका दिर्घराज बुढा तेस्रो भए । बिहान ७ः५० बजेबाट सुरु भएको म्याराथनमा पुरुषतर्फ एक सय धावकले सहभागिता जनाएका थिए । म्याराथनका विजेताले नगद १ लाख ५१ हजार १११, द्धितीयले नगद १ लाख ११ हजार १११ र तृतिय हुनेले ५१ हजार १११ रुपैँया प्राप्त गरे ।
यता, महिला म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । उनले निर्धारित ४५ किलोमिटरको दूरी ३ घण्टा ३८ मिनेट ५५ सेकेण्डमा पार गरिन् । त्रिभुवन आर्मीका सरिता बासी दोस्रो र धादिङकी रमिला तामाङ तेस्रो भएका छन् । महिला म्याराथनमा २४ जनाको सहभागिता रहेको थियो । बिजेताले नगद ८१ हजार १११ रुपैंया, द्धितिय हुनेले नगद ५१ हजार १११ रुपैंया र तृतिय हुनेले ३१ हजार १११ रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया