टोकियो ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै


१५ श्रावण २०७८, शुक्रबार


काठमाण्डौ । टोकियो ओलम्पिकमा अहिले नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् ।

१ सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै गरेकी सरस्वती दोस्रो हिटमा छिन् । उनको हिटमा ९ खेलाडी छिन् । यस हिटको शीर्ष तीन खेलाडी दोस्रो चरणमा पुग्ने छन् । सरस्वती राष्ट्रिय कीर्तिमान बनाउने योजनामा छिन् ।

टोकियो ओलम्पिकमा नेपालबाट सहभागी भएका पाँचमध्ये चार जनाले खेलिसकेका छन् । पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरे पनि अघिल्लो चरणमा पुग्न असफल भइन् भने पौडीमा नेपालका एलेक्स साह पनि हिट चरणभन्दा माथि पुग्न सकेनन् । जुडो र सुटिङका खेलाडी पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।

टोकियो ओलम्पिकमा अहिलेसम्म १५ स्वर्णसहित ३१ पदक जितेर चीन शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको जापानको १५ स्वर्णसहित २५ पदक छ भने तेस्रो स्थानमा रहेको अमेरिकाले १४ स्वर्ण र १४ रजतसहित ३८ पदक जितेको छ ।

जापानमा भइरहेको ओलम्पिकमा अहिलेसम्म ११२ स्वर्ण पदकको छिनोफानो भएको छ ।

सम्बन्धित समाचार