३३ किलो सुन काण्डमा फरार भोजे मामा गौशालाबाट पक्राउ


१६ श्रावण २०७८, शनिबार


काठमाण्डौ । ३३ किलो सुन काण्डमा फरार रहेका भोजे मामा भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका झापाको गौरादह नगरपालिका ८ बस्ने भण्डारी पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनी गौशालाबाट पक्राउ परेका परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ९एसपी० रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार