विश्वको पाँचौ अग्लो शिखर मकालु हिमाल (८,४८५ मी.) संखुवासभाको मकालु गाउँपालिका वडा नं. २ मा पर्छ । यहीँ हिमालको आसपास साहसिक धार्मिक तथा पर्यटकीय स्थल शिवधारा (४,३१० मी.), पार्वती गुफा पनि रहेको छ । यी क्षेत्रहरुमा विशेष गरी जनै पुर्णिमामा पर्यटक तथा भत्तजनहरु पुग्ने गरेका छन् । बरुण उपत्यकाको रुपमा रहेको यो क्षेत्र उच्च हिमाली परिवेशमा पाइने बहुमूल्य जडिबुटी, स्वाच्छ हावापानी र मनोरम दृष्यहरु पान गर्न पाइन्छ ।
सन्तोष विष्टसहित १० जना साल्दिम खर्क, शिवधारा र वेशक्याम्पसम्म आन्तारिक पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले साउन ६ गते सदरमुकाम खाँदबारीबाट मकालु वेश क्याम्प (४,८७० मी.) सम्मको यात्रा सकाएर १५ गते उनीहरु फर्किएका छन् । यो साप्ताहिक यात्रामा सन्तोषले कैद गरेका केही सुन्दर तस्बीरहरु तपाईहरुलाई वेश क्याम्पको कलिङ सहित
प्रतिक्रिया