काठमाण्डौ । विश्व टेस्ट च्याम्पियनशिप अन्तर्गत इङ्ग्ल्यान्डविरुद्ध भारतले पहिलो पारीमा ९५ रनको अग्रता लिएको छ ।
नटिङ्घममा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो पारीमा १ सय ८३ रनमा रोकेको थियो।
त्यसपछि पहिलो पारीमा भारतले २ सय ७८ रन बनाउँदा ९५ रनको अग्रता लियो । भारतका लागि रोहित शर्मा र केएल राहुलले मध्यम सुरुवात गरेका थिए । पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दा रोहित शर्मा ३६ रन बनाएर आउट भए ।
लगत्तै चेतेश्वर पुजारा व्यक्तिगत ४ रन बनाएर पभेलियन फर्किएका थिए । लगत्तै कप्तान कोहली पनि पहिलो बलमै आउट भएपछि भारतले १ सय ४ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो ।
अजिक्या रहाणे रन आउट हुँदा भारतले १ सय १२ रन बनाएको थियो ।
प्रतिक्रिया