यस्तो छ राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी



काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ । काठमाण्डौमा सोमवार नेपाल क्रिकेट सङ्घ र जर्सीको प्रायोजक माई सेकेन्ड टिचर्सले संयुक्त रूपमा राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

क्रिकेट टोलीको नयाँ जर्सीको डिजाइन खुला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनोट गरिएको र त्यही डिजाइनको जर्सी आज सार्वजनिक भएको बताइएको छ ।

नयाँ जर्सीलाई नेपाल क्रिकेट सङ्घ ९क्यान० का कोषाध्यक्ष र माई सेकेन्ड टिचर्सका सहप्रमुख सुलभ बुढाथोकीले सार्वजनिक गरेका छन् । जर्सीको डिजाइनबापत डिजाइनर आदर्श पोखरेलले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

आज सार्वजनिक भएको जर्सीमा नेपाली संस्कृति झल्किने गरेर डिजाइन गरिएको बताइएको छ । नेपालको राष्ट्रिय झण्डाको रङ्गमा जर्सीको डिजाइन गरिएको छ । भारतीय टिमको जर्सी बनाउने कम्पनीले यो जर्सीलाई बनाएको बताइएको छ ।

कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको भने उपस्थिति रहेको थिएन । काठमाण्डौमा भएको सिरिज अघि नयाँ प्रायोजकसहितको जर्सी सार्वजनिक हुँदा धेरैले त्यसमा असन्तुुष्टि जनाएपछि क्यानले जर्सीको प्रायोजक खोज्ने जिम्मा लिएको एडप्याडले समर्थकहरूबाट खुला प्रतिस्पर्धा गराइ नयाँ जर्सीको डिजाइन मागिएको थियो ।

सम्बन्धित समाचार