महन्थ ठाकुर पक्ष पनि सनाखतका लागि निर्वाचन आयोगमा



काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष, सांसद तथा कार्यकारिणी सदस्यहरु निर्वाचन आयोग पुग्नुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य केशव झाले आफूहरु पार्टी सनाखतका लागि आयोग पुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र शरदसिंह भण्डारीसहित १४ जना सांसद र ३१ जना कार्यकारिणी सदस्य आयोगमा पुगेको जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण गर्नुभएपछि माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न निवेदन दिनुभएको थियो ।

आयोगले आज बुधबार भौतिक रुपमा उपस्थित गराएर सनाखत गर्न लागेको हो । यसका लागि आयोगले साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याएको छ ।

सम्बन्धित समाचार