काठमाडौं । जापानमा भइरहेको टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् ।
शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् ।
पदक आशा गरिएकी उनी सुरुमै बलियो प्रतिद्वन्दीसँग पर्दा पराजित भइन् ।
५८ केजी तौल समूह मुनिको खेलमा पलेशा बेथसँग २१/८ अन्तरले पराजित भइन् । पहिलो राउण्डमा पलेशा ६/२ र दोस्रो राउण्डमा ८/२ ले पछि परिन् ।
तेस्रो राउण्डमा केही सुधार गरेपनि ७(४ ले पछि परेपछि पलेशाले हार बेहोरिन् । पहिलो चरणमा हारेकी पलेशाले अब रिपेचका लागि प्रतिस्पर्धा गर्नेछिन् ।
प्रतिक्रिया