काठमाडौं । भारत र इंग्ल्यान्डबिच जारी पाँच खेलको टेस्ट सिरिज अन्तर्गत चौंथो टेस्टको दोस्रो इनिङमा भारतले राम्रो प्रदर्शन गरेको छ।
तेस्रो दिन ओपनर रोहित शर्माको शतकीय इनिङमा भारतले दिनको खेल सकिंदा सम्म ३ विकेट गुमाएर २७० रन बनाएको छ। खराव प्रकाशका कारण खेल दिनको खेल चाँडो सक्नु परेको थियो।
भारतले तेस्रो दिनमा १७१ रनको अग्रता बनाउन सफल भयो। भारतका लागि रोहित शर्माले सर्वाधिक १२७ रन जोडे। रोहितले विदेशी भूमिमा पहिलो टेस्ट शतक प्रहार गरे। उनले चेतेश्वर पुजारासँग दोस्रो विकेटका लागि १५३ रनको साझेदारी गरेका थिए।
पुजारा ६१ रन बनाएर आउट भए। दुबै खेलाडीलाई एकै ओभरमा ओली रोविन्सनले पेभिलियन पठाएका थिए। त्यसपछि क्रिजमा आएका कप्तान विराट कोहली २२ रन तथा रविन्द्र जडेजा ९ रन बनाएर क्रिजमा छन्।
रोहितले आफ्नो इनिङमा २५६ बल खेल्दै १४ चौका र १ छक्का प्रहार गरे। उनीसँगै पुजाराले आफ्नो टेस्ट करिअरको ३१ औ अर्धशतक बनाए। त्यसअघि रोहितले छ्क्काको सहयोगमा शतक पुरा गरेका थिए। उनले छक्का प्रहार गर्दै शतक पुरा गरेको यो तेस्रो अवसर हो। उनले विदेशमा पहिलो तथा समग्रमा आठौं छक्का प्रहार गरे। रोहितले आफ्नो करिअरमा ३ हजार रन समेत पुरा गरे।
त्यसअघि भारतको दोस्रो इनिङमा पहिलो विकेट केएल राहुलका नाममा गिर्यो। उनी ४६ रन बनाएर जेम्स एन्डरशनको बलमा आउट भए। रोहित र राहुलले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए। भारतले चौंथो दिन २७० रनको अवस्थाबाट सुरू गर्ने छ।
प्रतिक्रिया