जाजरकोटमा पहिरोले घर पुरिँदा बालकको ज्यान गयो



जाजरकोट । जाजरकोटको नलगाड गाउँपालिका ९ मा पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको छ ।

बिहान गोरख खड्काको घर पहिरोले पुरिँदा उहाँका छोरा ९ वर्षका प्रचण्ड खड्काको ज्यान गएको जाजरकोट प्रहरीले जनाएको छ ।

गोरख र उहाँकी श्रीमती घाइते हुनुभएको छ ।

सम्बन्धित समाचार