नेपाल–बंगलादेश मैत्रीपूर्ण महिला फुटबल आज


२४ भाद्र २०७८, बिहिबार


काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमले आज घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ।

खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ । एएफसी महिला एसियन कपको छनोट खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। अर्को खेल आगामी आइतबार हुने छ। रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो। यसअघि सन् २०१६ डिसेम्बरमा मलेसियासँग नेपालले एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलेको थियो।

बंगलादेश–नेपालबीच अहिलेसम्म भएका खेलमा नेपालको प्रदर्शन माथि छ। तर, यसपल्ट नियमित खेलाडी सावित्रा भण्डारीको अनुपस्थितिमा नेपाली टोली केही दबाबमा हुने देखिएको छ। हालसम्म भएका ५ प्रतिस्पर्धामा नेपालले ४ जित र १ हार बेहोरेको छ।

छनोट अघिको अभ्यास खेलको रुपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ। एन्फाले उक्त खेलको टिकट मूल्य सामान्य तर्फ २ सय र भीआईपीमा ५ सय रुपैयाँ तोकेको छ। एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपाल समूह एफ मा रहेको छ। नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन्

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ। नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै सुरुआत गर्ने तालिका रहेको छ। नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते रहेको छ भने दोस्रो खेल हङकङसँग असोज ५ मा प्रतिस्पर्धा गर्नेछ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ। एसियन कप जनवरी २० देखी फेब्रुअरी ६ सम्म हुनेछ।

सम्बन्धित समाचार