काठमाण्डौ । यूरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर यूनाइटेड पराजित भएको छ । योङ ब्वाइजले म्यानचेस्टर यूनाइटेडलाई २–१ गोलले हरायो ।
क्रिस्टियानो रोनाल्डोले यूनाइटेडका लागि एक गोल गरे । खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गरी अग्रता दिलाएका थिए । रोनाल्डोको यो १ सय ३५ औं च्याम्पियन्स लिग गोल हो ।
तर यूनाइटेडले अग्रता जोगाउन सकेन । खेलको ३५ औं मिनेटमा आरोन वान बिसाका रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।
खेलको ६६ औं मिनेटमा योङ ब्वाइजका निकोलस गाम्लेउले बराबरी गोल फर्काए । त्यस्तै इन्जुरी समयमा थियोसन जोर्डनले गोल गरेपछि योङ ब्वाइज २–१ ले विजयी भयो ।
जितसँगै समूह एफ मा रहको योङ ब्वाइजले ३ अंक जोडेको छ ।
प्रतिक्रिया