काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोएल्सलाई ७ विकेटले पराजित गरेको छ ।
दुबईमा भएको खेलमा ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपछि राजस्थानले दिएको १५० रनको लक्ष्य बैंगलोरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । म्याक्सेवलले ३० बल खेल्दै ६ चौका र एक छक्का मद्दतमा अविजित ५० रन बनाए । चौका प्रहार गर्दै जित दिलाएका ए बी डे भिलियर्स चार रनमा अविजित रहे ।
प्रतिक्रिया