खाँदबारी । नेपाली कांग्रेसको प्रदेश सभा (क) का लगि सभापति पदमा निर्वाचित भएकै दिन देउमान राई मातृशोकमा परेका छन् । राईको ८८ बर्षीय आमा ईन्द्रमायाको निधन भएको हो ।
केहि दिनदेखि निजि निवास हेदाङनामा सिकिस्त परेका परेका राईको बुधबार निधन भएको हो । घरमा आमाको निधन भएकै दिन देउमान सर्बसहमतिबाट निर्वाचित भएका हुन् । केहि दिन अघि नै आमाको अवस्था गम्भिर रहेको बताएका राई निर्वाचन परिणाम घोषणा तथा प्रमाण पत्र वितरण कार्यक्रममा अनुपस्थित थिए ।
वितरण कार्यक्रममा नव निर्वाचित राईको आमाको आत्मा शान्तिको कामना सहित मौनधारण गरिएको थियो ।


प्रतिक्रिया