भोईस अफ नेपालका फाईनलिष्ट ज्वाला राई ताम्कु आउदै



खाँदबारी । चर्चित रियालिटी शो भोईस अफ नेपालका फाईनलिष्ट ज्वाला राई सिलिचोङ गाउँपालिकाको ताम्कुमा प्रस्तुति दिन आउने भएका छन् । कार्तिक १३ गते ताम्कुले सांगीतिक परिवारले आयोजना गरेको कार्यक्रममा प्रस्तुत दिन आउने भएका हुन् ।

ताम्कुले सांगीतिक परिवारले यस बर्षदेखि गायन प्रतियोगिता सिलिचोङ स्टारको पनि आयोजना गर्न लागेको छ । कार्तिक १२ र १३ गते दुई दिन सञ्चालन हुने प्रतियोगिताको समापनको साँझ ज्वाला राईको पनि उपस्थिती रहने बताईएको छ । कार्यक्रममा ज्वाला राईको साथमा अन्य कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।

गायन क्षेत्रका प्रतियोगिहरु मध्ये उत्कृष्ठ १० कार्तिक १२ गते दिउसो छनौट हुनेछ । १३ गते दिउँसो उत्कृष्ठ १० बाट ३ जना प्रतिष्पर्धिहरुलाई फाईनलमा लगिने छ । फाईनलिष्टहरुले गायक ज्वाला राईको उपस्थितीमा प्रस्तुती दिनेछन् सोहि प्रस्तुतीको आधारमा निर्णायकहरुले नतिजा तयार गरि विजेता घोषणा गरिने छ । विजेताले सिलिचोङ स्टार २०७८ उपाधि सहित नगद ३० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । अन्य दुई फाईनलिष्टहरुले पनि ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

उमेश चालिम्लङको संयोजकत्वमा आयोजित कार्यक्रम कलाकार सवित कुलुङ (आल्से) ले ‘होष्ट’ गर्नेछन् । कार्यक्रमका लागि पत्रकार ध्यान कुलुङलाई ‘ईभेन्ट एड्भाईजर’ तोकिएको छ । कार्यक्रम सञ्चालनका लागि अन्य सदस्यहरुमा बलिराम कुलुङ, विनोद कुलुङ, मनकुमार कुलुङ, टिकाराम कुलुङ लगायतका टोली रहेका छन् ।

कार्यक्रममा उत्कृष्ठ साउण्ड सिस्टमको ब्यवस्था गरिने र आकर्षक स्टेज निर्माण गरिने कार्यक्रमका संयोजक उमेश चाम्लिङले जानकारी दिए ।

सम्बन्धित समाचार