खाँदबारी । चर्चित बाँसुरी वादक नगेन्द्र विक्रम राई र तबला बादक दिपेश राई खाँदबारी आउने भएका छन् । असोज २८ गते लाईभ प्रस्तुती दिन राईद्वय खाँदबारी आउने भएका हुन् ।
कार्यक्रम मकालु साहित्य समाजले आयोजना गरेको हो । बज्र ट्रेड खाँदबारीले प्रायोजन गरेको उक्त कार्यक्रम सञ्चालन गर्न युनिक प्रेसले सहयोग गरेको छ भने मिडिया पार्टनर रेडियो संखुवासभा र ईमकालु अनलाईन रहेका छन् ।
खाँदबारी नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा निशुल्क सहभागि हुन सकिने आयोजक मकालु साहित्य समाजका सचिव भरत कुलुङले जानकारी दिए । कार्यक्रममा संखुवासभा कलाकार समाज र संखुवासभा रोधी समाजका कलाकारहरुले पनि प्रस्तुती दिने आयोजकले जनाएको छ । कार्यक्रम विहान ११ः३० बजे सुरु हुनेछ ।
पछिल्लो समय चर्चाको शिखरमा रहेका बाँसुरी वादक राई सहितको कलाकारहरु खाँदबारी आउने भएपछि जिल्लावासी उत्साहित बनेका छन् ।
प्रतिक्रिया