काठमाण्डौ । एएफसी २३ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दै छ ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल र ताजिकिस्तानबीचको खेल बेलुका पौने ८ बजे हुनेछ । आज नेपाल पहिलो अङ्कको खोजीमा हुनेछ ।
नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । आज ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।
नेपालले अब आउँदो आइतवार लेबनानसँग खेल्नेछ ।
प्रतिक्रिया