संखुवासभाबाट डा. शशांकले भने : गुट अन्यका लागि मेरो उम्मेद्धारी



संखुवासभा । नेपाली काङ्ग्रेसमा गुटको खेती बढिरहेको र गुट अन्त्य गर्न आफू सभापति हुनुको विकल्प नभएको काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले धारणा व्यक्त गरे । बिहिबार सङ्खुवासभा जिल्ला भ्रमणमा रहेका डा. कोइरालाको सम्मानमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बृहत सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

बिपी कोइरालाको बिचारले काङ्ग्रेसमा उचित स्थान पाउँन नसकेको र बिपीको एउटा भिजन सफल बनाउँनकै लागि भएपनि आफू पार्टी सभापति हुनु पर्ने उनले बताए । उनले भने, “त्यो भिजन भनेको कृषिमा आमूल परिवर्तन ल्याउँने हो ।”

“विपी कोइराला विदेशका विभिन्न राष्ट्रहरुसँग पारवहन सम्झौता गरेर कृषिको व्यापारमा आमूल परिवर्तन ल्याउँने योजनामा हुनुहुन्थ्यो । अब त्यो बिचारलाई अरु कसैले पार लगाउँन सक्नेछैन ।” डा. कोइरालाले भने । “अहिले पनि म खुलेर भन्छु, यो एउटा मात्र काम भएपनि सफल बनाऔं । अहिले मेरो ध्यान कृषिमै रहेको छ ।”

सम्बन्धित समाचार