संखुवासभामा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्दै



संखुवासभा । संखुवासभामा सुरक्षित गर्भपतन गराउनेहरुको संख्या घट्न थालेको एक तथ्यांकले देखाएको छ । समाज विकास केन्द्र (सोडेक)ले मंगलबार खाँदबारीमा आयोजित एक कार्यक्रममा प्रस्तुत गरेको तथ्यांकमा यस्तो देखिएको हो ।

पछिल्लो दुई वर्ष यता स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्या क्रमश घटिरहेको सोडेकका कार्यक्रम अधिृकृत कमानसिं राईले बताए । उनले तथ्यांक प्रस्तुत गर्दै भने पछिल्लो दुई वर्षमा कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण स्वास्थ्य केन्द्रसम्म पुग्ने वातावरण नबनेपछी सेवाग्राहीहरु असुरक्षित तरिकाले गर्भपतन गराएको हुन सक्ने भएकाले सुरक्षित गर्भपतन सेवा लिनेको संख्या कम भएको हुन सक्छ ।

जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या आव २०७६/०७७ मा १ हजार २ सय ९९ रहेको देखिन्छ । यस्तै आव २०७७/०७८ मा १ हजार २ सय २२ जनाले यो सेवा लिए । यो तथ्यांकलाई हेर्ने हो भने अघिल्लो वर्ष ७७ जना बढीले सेवा लिएको पाइन्छ । आव २०७८/०७९ असोजसम्ममा २ सय ६० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

जिल्ला अस्पताल संखुवासभाको तथ्यांकलाई आधार मान्ने हो भने औसतमा मासिक ४६ जनाले सुरक्षित गर्भपतन सेवा लिने गरेको पाइन्छ । तर कोभिड संक्रमणका वर्षहरुमा यो संख्या २८ प्रतिशतले घटेको पाइन्छ ।

 

 

 

सम्बन्धित समाचार