राजेन्द्र गौतमद्वारा सचिव पदमा उम्मेदवारी दिने घोषणा



नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र प्रसाद गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

पार्टीमा मेरो योगदान, लगानी र कार्यक्षमताका कारण आगामी मंसिर १० देखी १२ गते सम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

यस्तो छ, उहाँको योग्यता तथा अनुभव

प्रतिनिधि सभा सदस्य नेता गौतम केन्द्रीय कमिटी सदस्यको साथ साथै प्रदेश नं। १ को सहइन्चार्ज, संखुवासभाको इन्चार्ज तथा केन्द्रीय पार्टी स्कूल विभागको सदस्य हुनुहुन्छ । केन्द्रीय प्रचार विभागको पूर्वसचिव समेत रहुनभएका नेता गौतम प्रेस संगठन नेपालको पूर्वइन्चार्ज, प्रेस चौतारी नेपाल पूर्व इन्चार्ज, कोशी अञ्चल समन्वय कमिटीको एमाले पूर्वसचिव तथा कोशी अञ्चल समन्वय कमिटीमा रहेर आफ्नो भूमिकालाई पार्टीमा स्थापीत गरिसक्नुभएको छ । २०६५ सालको आठौं माधिवेशनदेखि केन्द्रीय सदस्य हुनु भएका गौतम कोशी अञ्चल इन्चार्ज हुनुहुन्थ्यो ।

 

सम्बन्धित समाचार