भोजपुर । नेकपा माओवादी केन्द्र षडानन्द नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट षडानन्द नगर कमिटीको अध्यक्षमा यङ्गराज राई निर्वाचित भएका छन् । राई प्रथम नगर अधिवेशनबाट सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन् । राईको नेतृत्वमा ६५ सदस्यीय नगर कमिटी गठन भएको छ ।
अध्यक्षमा राई सहित उपाध्यक्षमा बुद्ध सिं तामाङ, गिता राई, योगराज न्यौपाने सचिबमा राजबिक्रम राई, सह–सचिबमा बद्रि कार्की र कोषाध्यक्षमा बिष्णु हिङमाङ् निर्वाचित भएका छन् । प्रथम नगर अधिवेशनमा माओवादी केन्द्रका प्रदेश सह–ईन्चाज पदम राई र माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज सांसद सुधन किराँतीको उपस्थितिमा सम्पन्न भएको हो ।
साथै कार्यक्रममा प्रदेश कमिटीका सदस्य तथा भोजपुर जिल्ला कमिटीका पदाधिकारी साथै जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा २६ जना नेकपा एमाले र नेपाली कांग्रेसबाट माओवादी पार्टीमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया