भोजपुर । अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी आम्चोक गाउँपालिकाले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा आयोजक षडानन्द नगरपालिकाको टिमलाई सोझो सेटमा पराजित गराउँदै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । सोझो सटमा पराजित भएपछि आयोजक षडानन्द नगरपालिकाले उपबिजेतामा चित्त बुझाउनु परेको हो ।
सभापोखरी गाउँपालिका र रामप्रसाद राई गाउँपलिका प्रतियोगितामा सेमिफाईनलिष्ट भएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख रुपैंया, शिल्ड, मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार ७५ हजार रुपैंया ,शिल्ड मेडल र प्रमाण पत्र, र सेमिफाईनल पुग्ने दुवै टीमले २५/२५ हजार रुपैया साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सर्वोकृष्ट खेलाडी आयोजक टिमका टिम क्यापटेन प्रदिप श्रेष्ठले पाएका छन् भने उत्कृष्ट स्पाईकर आम्चोक गाउँपालिकाका रोमन बस्नेतले पाएका हुन् । प्रतियोगितामा उत्कृष्ट लिफ्टर आयोजक टिमका दमन उदाशले पाएका छन् भने उत्कृष्ट डिफेन्डर आम्चोक गाउँपालिकाका सन्तोष राईले पाएका छन् । त्यस्तै उत्कृष्ट डिफेन्डर आम्चोक गाउँपालिकाका सन्तोष राईले पाएका छन् भने उत्कृष्ट सर्वर रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङले पाएका छन ।
षडानन्द नगरपालिकाले भोजपुर उत्तरी क्षेत्र दिङ्ला बजारमा लाग्ने ऐतिहासिक मेलाको अवसरमा प्रतियोगिताको आयोजना गरेको हो । यस क्षेत्रमा भलिबलको धेरै राम्रो ग्राण्उड रहेपनि हालसम्म पालिका स्तरको प्रतियोगिता नभएकोले आयोजना गरिएको षडानन्द नगरपालिकाकी उप–प्रमुख मेरिका बताईन । प्रतियोगित २०७८ मंसिर १४ गतेदेखि सुरु भई शुक्रबार १७ गते समापन भएको हो ।
प्रतिक्रिया