ए डिभिजन लिगमा मच्छिन्द्रले जावलाखेललाई हरायो


२३ मंसिर २०७८, बिहिबार


काठमाण्डौ । ए डिभिजन लिगमा आज बुधवार भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबलाई दुई–शून्य गोलले हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रका लागि रञ्जित धिमालले गोल गरे भने एक गोल आत्मघाती उपहार पायो ।

यो जितसँगै मच्छिन्द्र तीन खेलमा सात अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । जावलाखेलको यो लगातार तेस्रो हार हो । १३ औँ स्थानको जावलाखेलले अङ्क जोड्न सकेको छैन ।

आजको खेलबाट मच्छिन्द्रका रञ्जित धिमाल ुम्यान अफ दि म्याचु हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गर्दा ुइमर्जिङ प्लेयरु जावलाखेलका सिमान्त थापा भए ।

सम्बन्धित समाचार