ए डिभिजन लिग : सातदोबाटो र एनआरटी तथा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब खेल्दै



काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको दोस्रो खेलमा आज दुई खेल हुँदैछन् ।

आज सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) तथा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् ।

दशरथ रङ्गशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एनआरटी खेल्नेछन् ।

यस्तै बेलुकी पौने ५ बजे हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लब खेल्नेछन् ।

सातदोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने एनआरटी दुई अङ्क जोडेर तालिकाको ११ औँ स्थानमा रहेको छ । यस्तै, हिमालयन शेर्पा ३ खेलमा दुई अङ्क जोडेर १० औं स्थानमा रहँदा मच्छिन्द्र ७ अङ्कसहित चौथो स्थानमा छ ।

यसअघि हिजो भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्सलाई २–० ले हराएको थियो भने त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो।

सम्बन्धित समाचार