ए डिभिजन लिगमा एनआरटीले सातदोबाटोलाई हरायो



काठमाण्डौ । शहीद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आजको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा एनआरटीले सातदोबाटोलाई १–० गोलले हराएको हो।

एनआरटीको लागि स्टेफेन समिरले गोल गरे । जितसँगै एनआरटी पाँच अंकसहित सातौँ स्थानमा उक्लिएको छ । आजको हारसँगै सातदोबाटोले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । सात अंक रहेको सातदोबाटो तेस्रो स्थानमा छ ।

सम्बन्धित समाचार