ए डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा



काठमाण्डौ । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलले हरायो ।

मच्छिन्द्रका लागि सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले एकर एक गोल गरे । आजको जितसँगै मच्छिन्द्र १० अङ्कसहित शीर्ष स्थानमा पुगेको छ ।

१० अङ्क नै भए पनि गोल अन्तरका आधारमा मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ ।

सम्बन्धित समाचार