संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका ८ चापाभैं युवा क्लवले आयोजना गरेको सातौं खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि नवयुग युथ क्लव पोखरीले हात पारेको छ। त्यस्तै लर्डबुद्ध तुम्लिङ दोश्रो बनेको छ भने पञ्चकन्या युवा क्लव तृतीय बन्न सफल भएका छ्न्।
नवयुग युथ क्लवले बुधबार दुई ओटा खेल खेलेका थिए, पञ्चकन्या युवा क्लव कुन्ताङ संगको पहिलो खेलमा दुबै टिमले खेल समय अवधीमा २/२ गोलको बराबरि भएपछि पेनाल्टि खेल हुँदा नवयुग युथ क्लव पोखरिले पञ्चकन्या युवा क्लव कुन्ताङलाई हराएर आफुलाई फाइनल खेलसम्म पुर्याउन सफल बनेका थिए।
उत्ता लर्डबुद्ध तुम्लिङले भने हिजोको खेलमै चापाभैं युवा क्लवलाई हराउँदै फाइनलमा पुगेको हो। त्यस्तै नवयुगसंग हार व्यहोर्नु परेको कुन्ताङले भने रमाइलो खराङसंग खेलेका थिए । उक्त खेलमा ४-१ को अन्तरले रमाइलो खराङलाई हराउदै कुन्ताङ तृतीय बन्न सफल भएको हो ।
फाइनल खेल भने पोखरि र तुम्लिङबिच भएको थियो । उक्त खेलमा हाफ टाइम अघि दुबै टिमले कुनैपनि गोल गर्न नसके पनि हाफ टाइम पछिको खेलमा नवयुग युथ क्लव पोखरिका खेलाडिले एक गोल गरेपछि १-० को अन्तरले लर्डबुद्ध तुम्लिङ पराजित हुनुपरेको थियो।
प्रथम हुने नवयुग युथ क्लव पोखरिले ५५ हजार ५ सय ५५ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै दोस्रो हुने लर्डबुद्ध तुम्लिङले ३३ हजार ३ सय ३३ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाछन् भने तृतीय हुने पञ्चकन्या युवा क्लव कुन्ताङले पनि २२ हजार २ सय २२ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
साथै पञ्चकन्या युवा क्लवका खेलाडी रोशन लिम्बु उत्कृष्ट डिफ्रेन्डेर खेलाडि बनेका छन् त्यस्तै सोहि क्लवका प्रेम लिम्बु उत्कृष्ट गोलकिपर घोषित बनेका छन् भने लर्ड्बुद्ध तुम्लिङका टिम क्याप्टेन उत्कृष्ट प्लेयर बन्न सफल भएका छन्। सबै उत्कृष्ट खेलाडीहरुलाई ट्रफि तथा मेडल प्रदान गरिएको थियो ।
२५ गतेबाट सुरु भएको प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति चैनपुर नगरपालिकाका उपमेयर मुना श्रेष्ठले खेलमा जित हासिल गर्ने टिमलाई बधाई दिदै खेल भनेको जिवनको अभिन्न अंग भएको र खेलाडिहरुलाई यो फुडबल खेल कला देखाउले अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिए ।
प्रतिक्रिया