श्रीलंकाविरुद्ध नेपालको आधा दर्जन गोल



काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ६–० गोलको फराकिलो अन्तरले हराएको छ।

बंगलादेशको ढाकामा भएको खेलमा नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई तथा सबिता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक९एक गोल गरेका थिए ।

पहिलो खेलमा बराबरी खेलेको नेपालले दुई खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । श्रीलंकाको भने यो लगातार तेस्रो हार हो।

श्रीलंका अंकविहीन छ। नेपालले तेस्रो खेल पुस २ गते भुटान र अन्तिम खेल पुस ४ गते भारतसँग खेल्ने छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा ५ टीमको सहभागिता रहेको छ।

शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन्।

सम्बन्धित समाचार