खाँदबारी । जिल्लाको सभापोखरी गाउँपालिका वडा नं १ मा ट्याक्टरले किच्दा एक बालकको मृत्यू भएको छ । सभापोखरी २ का १० बर्षीय मिसन राईको ट्याक्टरले किचेर घटना स्थालमा नै मृत्यू भएको हो ।
आफन्तकोमा रहेको उनलाई ढुंगा बोकेर जाँदै रहेको ट्रयाक्टरले किच्दा उनको मृत्यू भएको स्थानीय कृष्ण राईले जानकारी दिए । अहिले साँझ (आईतबार) साँढे ५ बजे उनलाई प्रदेश १–०२–००३ त १२२९ नं. को ट्याक्टरले किचेको हो ।
ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बालकको शब पोष्टमार्टमको लागि सदरमुकाम खाँदबारी स्थित जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भईरहेको छ ।
प्रतिक्रिया