संखुवासभामा अबैध बनस्पति सहित ट्याक्टर चालक पक्राउ



संखुवासभा । जिल्लाको मकालु गाउपालिका ३ हेदाङ्नामा अवैध बनस्पती पिहत ट्याक्टर चालक पक्राउ परेका छन् । पाखनबेद र धुपी ट्याक्टरमा लोड गरि भोटखोलाको च्याम्ताङबाट खाँदबारी तर्फ ल्याउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार १ सय ४८ किलोग्राम धुपी र ७१ किलोग्राम पाखनबेद बरामद गरिएको छ । ना ७ त ५६२१ नम्बरबाट बनस्पती ल्याउदै गरेका चालक खाँदबारी ३ का २३ बर्षीय अनिल दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । चालक दर्जी र ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार