प्रधानन्यायाधीलाई नहटाइए डा गोविन्द केसी अनशन बस्‍ने



काठमाडौं । प्राडा गोविन्द केसीले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन माग गरेका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले न्याय सम्पादनको सर्वोच्च पदमा बसेर फैसलाहरूको किनबेच गर्ने, न्यायालयमा घुसखोरी र भ्रष्टाचार संस्थागत गर्ने तथा शक्ति पृथकीकरणको सिद्धान्त लत्याउँदै राज्यको कार्यकारी अंगमा हिस्सा खोज्ने प्रधानन्याधीशलाई संसदबाट महाभअभियो लगाई हटाउन राजनीतिक दलहरूसमक्ष माग गरेका हुन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ न्याय सम्पादनको सर्वोच्च पदमा बसेर फैसलाहरूको किनबेच गर्ने, न्यायालयमा घुसखोरी र भ्रष्टाचार संस्थागत गर्ने तथा शक्ति पृथकीकरणको सिद्धान्त लत्याउँदै राज्यको कार्यकारी अंगमा हिस्सा खोज्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाइयोस् । जबरा, उनका नातेदार र बिचौलियाहरूको सम्पत्ति तत्काल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत छानविन गरेर आवश्यक कारवाही गरियोस्।‘

यस्तै, उनले आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस शुरु गर्ने कुरालाई निश्चित गर्न र सबै सरकारी अस्पतालको सेवा निस्शुल्क गर्न लगायतका सातवटा माग राखेका छन्। यदि आफूले राखेका माग पूरा नभए जुनसुकै बेला सत्याग्रह सुरु गर्ने उनले जनाएका छन्।

सम्बन्धित समाचार