काठमाडौं । एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत नेपालको पुरुष टिमले उज्वेकिस्तानसँग हार बेहोरेको छ।
काश्य पदकका लागि बंगलादेशको राजधानी ढाकामा मंगलबार सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा हार बेहोरेको हो।
पहिलो सेटमा २५–१५ को हार बेहोरेको नेपालले दोस्रो सेट पनि २५–१७ तथा तेस्रो सेटमा पनि नेपालले २५–२१ को हार बेहोर्यो।
प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध जित निकालेको थियो भने बंगलादेश र श्रीलंकासँग हार बेहोरेको थियो।
पुरुषतर्फ आजै हुने फाइनलमा श्रीलंकाले बंगलादेशको सामना गरिरहेको छ। महिलातर्फ मंगलबार सम्पन्न खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ।
प्रतिक्रिया